free website hit counter

पहिलो बैठकको अध्यक्षतापछि उपसभामुखको राजीनामा

beemaadmin
२०७६ पुष ४, शुक्रबार

काठमाडौं । आज दिउँसो ४ः०० बजे संघीय संसदको दुवै सदनको बैठक शुरु हुँदैछ । राष्ट्रियसभा र प्रतिनिसभाको दुवै बैठकको कार्यसूचि पनि लगभग तयार भइसकेको बताइन्छ । संसदको कार्य व्यवस्था समितिको बैठकले कार्यसूचिलाई अन्तिम रुप दिने तयारी छ । समाचारस्रोतकाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै बैठकमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संसद आह्वान गर्नुभएको पत्र बैठकको शुरुमै पढेर सुनाउने कार्यसूचि रहेको छ । त्यसैगरी प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डलका केही सदस्यहरुको नियुक्ति र सपथसम्बन्धी जानकारी पत्र पनि पढेर सुनाइने छ । यी दुई कार्यसूचि दुवै सदनका समान एजेण्डा हुन् । यसका अलावा प्रतिनिधिसभाको बैठकको भने अलग्गै कार्यसूचि रहेको छ । संसदको दुवै बैठकमा सत्तापक्ष र विपक्षी दलका नेताहरुले राष्ट्रिय राजनीति र समसामयिक विषयमा आ–आफ्नो धारणा राख्ने कार्यसूचि छ ।

संसद संचालन कार्यविधिमा संसदको पहिलो र अन्तिम बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधान राखिएको भए पनि सभामुखको अनुपस्थितिमा जेष्ठ सदस्यले पहिलो बैठकको अध्यक्षता गर्नु पर्नेमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई संसदको बैठकको अध्यक्षता गर्न दिने सम्बन्धमा सत्तारुढ दलबीच सहमति भए पनि कार्य व्यवस्था समितिको बैठकबाटै यससम्बन्धमा पनि निर्णय लिने बताइएको छ । नियमावलीमा उपसभामुखले संसदको पहिलो बैठकको अध्यक्षता गर्न पाउने/नपाउने बारेमा मौन रहेका कारण यही नियमावलीको मौनतालाई व्याख्या गरेर सत्तापक्षले बैठकको अध्यक्षता उपसभामुखलाई गराउन लागेको हो ।

उपसभामुख तुम्बाहाम्फेले पहिलो बैठकको अध्यक्षता गर्ने र सभामुखको निर्वाचन कार्यतालिका संसदमा पढेर सुनाएपछि आजको बैठकको अन्त्य गर्ने र यसलगत्तै उपसभामुखले आफ्नो पदबाट राजीनामा दिने तयारी भएको स्रोतको दाबी छ । उपसभामुखले बैठकको अध्यक्षता गर्दै संसदको महासचिव मनोहर भट्टराईको नेतृत्वमा सभामुखको निर्वाचन समिति बनाउने र उक्त समितिले सभामुखको मनोनयन, निर्वाचन लगायतका कार्यतालिका सार्वजनिक तयारी रहेको बताइन्छ । उपसभामुखले राजीनामा दिएपछि अर्को सभामुख चयन नभएसम्मका लागि संसदका ज्येष्ठ सदस्य महन्त ठाकुरले बैठकको अध्यक्षता गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार