free website hit counter

पाँच अर्बको ऋणपत्र जारी गर्दै निफ्रा

beemaadmin
२०७९ मंसिर ५, सोमबार

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले निफ्रालाई ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र निष्कासन अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। निफ्राको यो ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार