free website hit counter

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

beemaadmin
२०८२ पुष २८, सोमबार

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने नै रेमिट्यान्स भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो। गत वर्ष मंसिरको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो। २०८२ साउनमा १ खर्ब ७७ अर्ब रुपैयाँ, भदौंमा १ खर्ब ७४ अर्ब रूपैयाँ भित्रिएकोमा दशैं आएसँगै असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ भित्रिएको पाइएकोछ । यसैगरी कात्तिक महिनामा १ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने मंसिर महिनामा १ खर्ब ८३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देख्रिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार