free website hit counter

पाँच लाखसम्मको बीमा लेख अनलाइनबाटै

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिमैत्री कार्यक्रमलाई स्तरोन्नति गर्दै लगेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन प्रविधिबाटै कम्पनीका विभिन्न जीवन बिमा योजना ग्राहकले नै खरिद गर्न सक्ने प्रविधि विकास गरेको छ ।
यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बिमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने बताइएको छ । हालको लागि अधिकतम विमाङ्क रकम ५ लाखसम्मको बिमालेख खरिद गर्न सकिनेछ । यस प्रविधिअन्तर्गत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बिमालेख जारी हुनेछ ।
अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बिमालेख सम्बन्धित बिमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार