free website hit counter

पाँच हजारको परीक्षण गर्दा ७६८ जनालाई संक्रमण, ५ जनाको मृत्यु

beemaadmin
२०७८ बैशाख ४, शनिबार

काठमाडौं । देशभर कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ७६८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ५ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ७६८ जनाको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २२६ जना भने संक्रमण मुक्त भएका छन्। यस्तै, ६७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा पनि कोभिड १९ संक्रमण देखिएको छ। यससँगै २ लाख ८३ हजार ६५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हाल देशभर ५ हजार ५४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यता, पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म ३ हजार ७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार