free website hit counter

पाण्डे नियुक्तिको विरुद्धमा शिखर इन्स्योरेन्स र बीमा समिति विरुद्ध सर्वोच्चमा रिट

beemaadmin
२०७७ कार्तिक २८, शुक्रबार

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बीमा समितिले नियम विपरित काम गरेको भन्दै सो निर्णय बदर गराउन सवोच्चमा रिट परेको छ ।

शिखर इन्स्योरेन्समा दीप प्रकाश पाण्डेको नियुक्ति गर्न बीमा समितिले अनुमति दिएको तथा नियम विपरित सो कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्त गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

Advertisement
Advertisement

अधिवक्ता माधब गौतमले बीमा समिति, शिखर इन्स्योरेन्स कम्पनीलाई विपक्षी बनाएर दायर गरेको रिटमा बीमा समितिले जारी गरेको संस्थागत सुशासन विरुद्ध गरिएको नियुक्ति बदर गर्न तथा गलत तरिकाले नियुक्तिको लागि आएको प्रस्ताव स्वीकृत गर्ने बीमा समितिमाथि कारवाही गर्न माग गरिएको छ ।

Advertisement
Advertisement

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेलाई बीमा समितिले गत असोजमा पुनः सिईओ नियुक्तिका लागि अनुमति दिएको थियो । बीमा समितिले संस्थागत सुशासन निर्देशिका २०७५ बमोजिम योग्य भएकोले पुनः नियुक्तिको लागि अनुमति दिएको जनाउँदै आएको छ ।

सम्बन्धित समाचार