free website hit counter

पानीजहाज ऐनको दफावार छलफल शुरु

beemaadmin
२०७६ मंसिर ४, बुधबार

काठमाडौं । पानीजहाज ऐनको मस्यौदामाथि अहिले भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयमा दफावार छलफल शुरु भएको छ । मस्यौदालाई अन्तिम रुप दिनका लागि गठित निर्देशक समितिका संयोजक भौतिक पूर्वाधार तथा याताया मन्त्रालयका सहसचिव प्रमिला बज्राचार्यको अध्यक्षतामा छलफल भइरहेको बताइएको छ । निर्देशक समितिका अन्य सदस्यहरुमा जल तथा ऊर्जा आयोगका सहसचिव (कानुन) कलानिधि पौडेल, प्रधानमन्त्री कार्यालयका उपसचिव, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव पुरुषोत्तम नेपाल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रहेका छन् भने सदस्य सचिवमा पानीजहाज कार्यालयका कामु रजिष्टार बिपिन राजभण्डारी छन् । समितिले कार्यालयले तयार गरेको मस्यौदामाथि दफावार छलफल शुरु गरेको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार