free website hit counter

पिठुवामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

चितवन । शाखा सञ्जाल विस्तारको क्रममा रहेको सनराइज बैंकले शहरमा मात्रै होइन बैंकिङ्ग सेवा नपुगेका गाउँ गाउँमा शाखा विस्तार गरिरहेको छ । बैंकले भिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ तवनको रत्ननगर नगरपालिका– १४ मा आफ्नो ४०औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
रत्ननगर नगरपालिकाका अध्यक्ष हरिकुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुतजङ्ग श्रेष्ठले सो शाखाको उद्घाटन गरे । समारोहमा श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार