free website hit counter

पिताको अंगालोमा जान दौडिरहेकी बालिकालाई समेत प्रहरीले छाडेन

beemaadmin
२०७७ चैत्र १५, आईतवार

एजेन्सी । एउटा बच्चालाई आफ्ना बाबुआमाको जत्तिको विश्वास र भरोसा कसैको हुँदैन । त्यही जन्मदिने बाबुको अंगालोमा जान दौडिरहेकी एक एक सात वर्षीया बालिकाको गोली हानी हत्या गरिएको छ ।

गत महिनाको सैन्य कूपछि भएको दमनमा उनी सबैभन्दा कान्छी ज्ञात शिकार भएकी छिन् । मृतक बालिका चिन मायो चितको परिवारले बीबीसीलाई बताएअनुसार मोन्डाले शहरमा उनीहरुको घरमा आक्रमण हुँदा उनी आफ्ना पिता भएतिर दौडिरहेका बेला प्रहरीले उनलाई गोली हानेर मारिदिएका थिए । विरोध प्रदर्शन जारी रहँदा म्यानमारको सेनाले पनि आफ्नो बल प्रयोग बढाइरहेको छ ।

अधिकार समूह सेभ द चिल्ड्रेनले बताएअनुसार दमनमा मारिएका दर्जनौं मध्ये २० भन्दा बढी बालबालिकाहरू छन्। प्रदर्शनमा जम्मा १६४ जनाको ज्यान गएको सेनाले बताएको छ भने असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएएप) नामको अभियन्ता समूहले कम्तीमा २६१ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार ससेनाले प्रदर्शनकारीको मृत्युप्रति दुःख व्यक्त गर्दै देशमा अराजकता र हिंसा ल्याएकोमा दोषारोपण समेत गरेको छ । तर सुरक्षाफौजले प्रदर्शनकारीविरुद्ध ज्यानै लिनेगरी गोली चलाइरहेका छन् । चिन मायो चितकी दिदीले बीबीसीलाई बताएअनुसार प्रहरी अधिकारीहरूले मंगलबार दिउँसो मोन्डलेस्थित आफ्नो टोलका सबै घरहरूको खानतलासी गरिरहेका थिए ।

२५ वर्षीय मे थु सुमायाले भनिन् ‘उनीहरुले लात हानेर ढोका खोले । ढोका खुलेपछि उनीहरूले बुबालाई घरमा अरू कोही छ कि भनेर सोधे । उहाँले छैनन् भनेपछि तिनीहरूले उहाँलाई झूटो बोलेको आरोप लगाए र घरमा खानतलासी गर्न थाले । त्यतिबेला खिन मायो चिट बुबाको काखमा बस्न दौडिएकी थिइन् । उनीहरुले उनलाई गोली हाने । स्थानीय मिडियासँग कुरा गर्दै पिताले छोरीका अन्तिम शब्द सम्झिए ‘नाइँ बाबा म सक्दिन । यो धेरै दुखिरहेको छ ।’ पिताका अनुसार बालिकालाई अस्पताल लैजाँदै गर्दा आधा घण्टामा नै उनको मृत्यु भएको थियो । पुलिसले उनका १९ वर्षका छोरालाई पनि पक्राउ गरेर लिएर गएका छन् । सेनाले मृत्युबारे टिप्पणी गर्न बाँकी नै छ ।

सम्बन्धित समाचार