free website hit counter

पिताले आफ्नै छोरीलाई किन हाने २० गोली

beemaadmin
२०७७ फाल्गुन २७, बिहीबार

एजेन्सी । मान्छेको रिसको पारो चढेपछि के मात्रै गर्दैन ? एक पिताले आफ्नी छोरीसँग उनकी आमा कहाँ छिन् भनेर सोधेका थिए । तर, छोरीले आमाको ठेगाना बताइनन् । त्यसपछि रिसाएका पिताले छोरीलाई २० गोली हानेर मारिदिएका छन् ।

पिताले छोरीलाई पहिले कारले ठक्कर दिए त्यसपछि छोरीलाई २० गोली हानेका थिए । टर्कीमा भएको यो घटनामा ६९ वर्षका मुस्तफा अली यिलमाजलाई पुलिसले पक्राउ गरेको छ । मुस्तफाकी २८ वर्षकी छोरी जनरल प्राक्टिसनर गुलनुर यिलमाज आफ्ना २ साथीहरुसँग बालिकेसरको एन्ताल्यामा परीक्षा दिनको लागि जाँदै थिइन् । तर, उनका पितालाई उनी कहाँ छिन् भन्ने राम्रोसँग थाहा थियो किनकि उनले छोरीको कारमा जीपीएस डिभाइस जडान गरेका थिए ।

कारमा गइरहेकी छोरीलाई मुस्तफाले अर्को गाडीले ठक्कर दिए त्यसपछि कारबाट तान्दै बाहिर निकाले । छोरीलाई बाहिर निकालेर उनले २० गोली हाने । द सनको रिपोर्टअनुसार यीमध्ये ११ वटा गोली गुलनुरको टाउकोमा लागेका थिए । गोली हानेपछि घटनास्थलबाट फरार भएका मुस्तफालाई पुलिसले बन्दुकसहित पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार