free website hit counter

पुँजी वृद्धिका लागि पुनर्बीमा कम्पनी पनि हकप्रदकै तयारीमा

beemaadmin
२०८१ जेष्ठ १२, शनिबार

काठमाडौं । बीमकहरुलाई पुँजी वृद्धिको निर्देशन दिएको नियामक निकया बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पनि पुँजी वृद्धिको निर्देशन दिइसकेको छ । प्राधिकरणले गत माघ महिनामा दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई २० अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको हो । हाल नेपालमा सञ्चालित हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले १ वर्षभित्र २० अर्ब रुपैयाँ पूँजी पुर्याउनुपर्नेछ । प्राधिकरणले एक वर्षभित्र अर्थात् २०८१ माघ महिनासम्म नेपाल र हिमालयन रि लाई २० अर्ब पुँजी पुर्याउन भनेको छ । पूँजी वृद्धिको योजना दुई पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ । हिमालयन रि इन्स्योरेन्सले गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०–८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले फागुन २० गते सम्पन्न वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले सेबोनमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पेश गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार