free website hit counter

पुँजी वृृद्धिका लागि पुनर्बीमा कम्पनीलाई थप एक वर्षको म्याद

beemaadmin
२०८१ माघ १४, सोमबार

काठमाडौं । बीमकहरुलाई पुँजी वृद्धिका लागि ताकेता गरिरहेको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याउने म्याद थप गरेको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो । गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय थप गरिदिएको हो । २०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्‍याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघ १७ गते सकिनै लाग्दा नियामक निकाय लचिलो बन्न पुगेको हो ।, गत वर्ष प्राधिकरणले पुँजी वृद्धिको योजना पनि पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । हिमालयन रिइस्योरेन्सले पुँजी वृद्धिको योजना पेश गरे पनि नेपाल पुनर्बीमाले पेश गर्न सकेको थिएन । नेपाल पुनर्बीमाले योजनाको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएपछि वृद्धिको योजना प्राधिकरणमा पेश हुन सकेको थिएन । हिमालयन रिले भने पुँजी पुर्‍याउन ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेका थियो । कम्पनीले प्रधिकरणको स्वीकृति बिना नै घोषणा गरेको थियो । उक्त निष्काशनबारे प्राधिकरणले हासम्म पनि स्वीकृति दिएको छैन । हाल नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने हिमालयन रिको पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार