free website hit counter

पुटिनका दुश्मन जेलबाटै गायब

beemaadmin
२०७७ चैत्र ५, बिहीबार

एजेन्सी । राजनीतिमा आफ्नो समकक्षी वा दुस्मनलाई जसले पनि तह लगाउन खोज्छ । त्यसमा पनि रुसी राजनीतिमा उदय भएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको खेलो मेलो अर्कै छ । उनका सबैभन्दा ठूला दुश्मन मानिएका विपक्षी नेता अलेक्सेइ नभाल्नीलाई ‘गायब’ पारिएको नभाल्नीका वकिलले दावी गरेका छन् । नभाल्नीलाई जेलबाट अज्ञात स्थलमा लगिएको वकिलले दावी गरेका हुन् । यसअघि ४४ वर्षीय नभाल्नीलाई मस्कोको पूर्वमा रहेको आइके–२ भनेर चिनिने पेनल कोलोनी जेलमा राखिएको बताइएको थियो । यो जेललाई क्रुर यातनागृह मानिन्छ र कैदहिरु यहाँ जानबाट बच्नको लागि आफैंलाई घाइते पार्ने गर्छन् । शुक्रबार नभाल्नीको ट्वीटरमा एक पोस्ट शेयर गरिएको छ जुन पोस्टमा उनका वकिलहरुले नभाल्नी कहाँ छन् भन्ने थाहा नभएको बताएका छन् । शुक्रबार नभाल्नीलाई गाडीमा हालेर कतै लगिएपछि उनी कहाँ छन् भन्ने जानकारी नभएको पोस्टमा बताइएको छ । ट्वीटमा नभाल्नीलाई अदालतमा लैजानुअघि राखिएको ठाउँबारे वकिलहरुलाई जानकारी नदिइएको र उनीहरुलाई त्यहाँ जान नदिइएको बताइएको छ । दिउँसो करिब २ बजेतिर वकिलहरुलाई नभाल्नीलाई अन्यत्रै लगिएको बताइएको थियो । अधिकारीहरुले उनलाई कहाँ लगियो भन्ने बताउन अस्वीकार गरेका छन् । नभाल्नी जर्मनीबाट रुस फर्किए लगत्तै १७ जनवरीमा पक्राउ परेका थिए । यसअघि उनलाई विष दिइएपछि उनले स्वास्थ्य उपचारपछि ५ महिना जर्मनीमा बिताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार