free website hit counter

पुटिनले बर्खास्त गरेका पूर्वमन्त्री मृत फेला परे

beemaadmin
२०८२ असार २४, मंगलवार

काठमाडौं । रूसका पूर्व यातायात मन्त्री रोमान स्टारोभोइत मृत अवस्थामा फेला परेका छन् । रूसको अनुसन्धान समितिका अनुसार, उनलाई सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए । बीबीसीका अनुसार, उनलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको थिएन । केही समयपछि नै उपयातायात मन्त्री आन्द्रेइ निकितिनलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको थियो ।अनुसन्धान समितिले घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको जनाएको छ। स्टारोभोइतलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो। यसअघि उनले करिब ९ वर्षसम्म कुर्स्क क्षेत्रको गभर्नरका भूमिकामा काम गरेका थिए । सोमबार स्टारोभोइतको मृत्युको घोषणा हुनुअघि पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभसँग कुर्स्कमा भएका घटनाका कारण राष्ट्रपति पुटिनले स्टारोभोइतमाथिको विश्वास गुमाए हुन् भनेर सोधेका थिए । जवाफमा पेस्कोभले भने, यदि विश्वास गुमाएका भए राष्ट्रपतिको आदेशमै त्यसबारे उल्लेख हुनेथियो । त्यस्तो कुनै शब्द प्रयोग गरिएको छैन ।

सम्बन्धित समाचार