free website hit counter

पुनर्बीमा कम्पनीले पायो १ करोड ६० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति

beemaadmin
२०७६ फाल्गुन ६, मंगलवार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट फागुन ४ मा अनुमति पाएको हो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीको आईपीओ बिक्री नभएमा नागरिक लगानी कोष र मेगा क्यापिटलले प्रत्याभूति गर्नेछ ।
कम्पनीको हाल चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

सम्बन्धित समाचार