free website hit counter

पुनर्बीमा निर्देशिका जारी

beemaadmin
२०८० जेष्ठ १४, आईतवार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको छ । प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न बीमा ऐन २०७९ अनुसार निर्देशिका जारी गरिएको जनाएको छ । प्राधिकरणले स्वदेशी पुनर्बीमाको व्यवसाय बढ्ने गरी निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार बीमकले ट्रिटी पुनर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपश्चात बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नु पर्नेछ । प्राधिकरणले निर्धारण गरे बमोजिम प्राप्त प्रत्यक्ष हिस्सा तर्फको व्यवसाय स्वदेशी पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने पनि निर्देशिकामा व्यवस्था छ । यस्तै बीमकहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिबुटी बीमा तथा विविध (यात्रा, ट्रेकिङ्ग तथा स्वास्थ्य बीमा बाहेक) को बीमालाई स्वदेशमा नै शत प्रतिशत पुनर्बीमा गर्नुपर्नेछ । यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न नपाउने निर्देशिकामा उल्लेख छ । पुनर्बीमा व्यवस्था बमोजिम स्वदेशी बीमकहरुले अर्को स्वदेशी बीमक वा बीमकहरुसँग आन्तरिक फ्याकल्टेटिभ पुनर्बीमा गर्न सकिनेछ । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा पुनर्बीमकबाट स्वीकृति प्राप्त नभएसम्म बीमालेख जारी गर्न नपाउने व्यवस्था छ ।

सम्बन्धित समाचार