free website hit counter

पुरुषसँग श्रीमतीलाई गाडीमा देखेपछि….

beemaadmin
२०७८ बैशाख २२, बुधबार

एजेन्सी । श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा देखेपछि श्रीमानको सिरको पारो कति डिग्रीमा पुग्यो होला ? अनुमान गर्नुस् त पक्कै पनि ती श्रीमानीले केही उपद्रो त गर्छन् । आफ्नी श्रीमतीलाई पिक अप गाडीमा अर्कै पुरुषसँग सुतेको देखेपछि एक श्रीमानले पेट्रोल बम हानेर गाडी नै उडाइदिएर उनीहरुसँग बदला लिएका छन् । त्यहाँको सिसिटिभी फुटेजमा बम हानेपछि ती श्रीमान भाग्दै गरेको देख्न समिने समाचारमा जनाइएको छ । थाइल्याण्डमा भएको घटनामा ती व्यक्तिले मोलोतोभ ककटेलको बम बनाएर गाडी उडाइदिएका थिए । पुलिसले ती आरोपी निवात चाङकायो भएको बताएको छ । उनले आफ्नी पत्नीको पिकअप गाडी एक पेट्रोल स्टेशनमा देखेका थिए र उनलाई अर्कै पुरुषसँग देखेपछि उनको रिसको पारो तातेको थियो । निवात त्यसपछि घरेलु बम लिएर आए र त्यो बम गाडीमा पड्काइदिए जहाँ उनकी श्रीमती र अर्का पुरुष सुतिरहेका थिए । सिसिटिभी फुटेजमा गाडी तत्कालै आगोको लप्काले घेरिएको र रातो कपडा लगाएका एक व्यक्ति भागिरहेको देख्न सकिन्छ ।

द सनको रिपोर्ट अनुसार विष्फोटपछि ती महिला २६ वर्षकी पत्तारापोन्ड कोंगसिडी र अर्का पुरुष सामान्य जलेको चोटसहित भाग्न सफल भएका छन् । उनका अनुसार आफ्ना नयाँ प्रेमीसँग फलफुल डेलीभरी गर्न जाने क्रममा उनीहरु त्यहाँ रोकेर आराम गर्दै थिए । उनले भनिन् ‘ऊ मेरो पूर्वपति हो । हाम्रो एक सन्तान छ । तर, उसले ड्रग्सको कारोबार गर्ने थाहा पाएपछि मैले उसलाई छोड्नुपर्यो ।’ पक्राउ परेका निवातले आफ्नो अपराध स्वीकार गरेका छन् । उनका अनुसार उनले पत्नीलाई त्यसरी अरुसँग देखेपछि उनलाई निकै नराम्रो लागेको थियो र पत्नी पनि उनको पैसा लिएर भागेकी थिइन् । निवातले स्थानीय मिडियालाई बताएअनुसार उनी लुकिरहेका थिएनन् बरु पक्राउ गर्न आउने पुलिसलाई कुरिरहेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार