free website hit counter

पुलिसकै छाेरीकाे काेठामा चोर मस्त निदाएपछि….

beemaadmin
२०७७ चैत्र २२, आईतवार

एजेन्सी । चोर घरभित्र छिरेर मासुमात पकाएर खाएर सरसामान पोको पारेर हिँडेका समाचार त हाम्रै समाजमा घटेका घटना हुन् । तर यहाँ यस्तो अनौठो घटना घटेको छ कि चोरी गर्न जाँदा निन्द्राले सताउँदा चोरलाई परेको आपत । यस्ता घटनाले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाउँछन् । यस्तै विचित्र घटना पछिल्लो पटक थाइल्याण्डमा भएको छ । यहाँ एक चोर चोरी गर्नको लागि एउटा घरमा छिरे । तर, घरमा एसी चलिरहेको पाएपछि आनन्दले सुत्नको लागि लोभिए र त्यहीँ सुते ।

यो कोठा घरधनीकी छोरीको थियो । टि न्यूज सुरिनका अनुसार घटना थाइल्याण्डको सेन्ट्रल प्रान्तको हो । यहाँ २२ वर्षका एक युवक रातको २ बजे चोरी गर्ने नियतले घरमा पसे । तर, उनलाई निद्रा लागेपछि उनले घरको एसी अन गरे र त्यहीँ भएको बेडमा सुते । बिहान जब घरमालिक उठे उनी चकित परे । कोठामा एसी चलिरहेको थियो र त्यहाँ बेडमा एक व्यक्ति सुतिरहेका थिए । यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छोरी घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो । मालिकले झ्यालबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सुतिरहेको देखेपछि पुलिसलाई बोलाए । जब ती चोरलाई उठाइयो उनी आँखा मिच्दै उठे र यस्तो अभिनय गरे मानौं उनलाई केही थाहै छैन । रोचक कुरा त के भने जुन घरमा चोर समाथिए त्यो घर पनि पुलिसकर्मीकै थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार