free website hit counter

पुस १२ गतेदेखि १८ गतेसम्म

beemaadmin
२०७६ पुष १२, शनिबार

१५ गते तमु ल्होसार ।
१६ गते राष्ट्रिय टोपी दिवस, सन् २०२० आरम्भ ।
१७ गते राष्ट्रिय पोशाक दिवस ।

मेष : तपाईको इष्र्या गर्नेहरू प्रगति देखेर छटपटाउनेछन् । प्रतिस्प्रर्धामा सहभागी हुदाँशारिरिक आलस्यताले अवसर फुत्कन सक्ने सम्भावना छ सावधानी अपनाउनुहोला । प्रतिष्ठित व्यक्तिको भेटघाटले नयाँ अवसरकोमार्ग पहिल्याइनेछ । खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ । यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।

वृष : पारिवारीक नातादार तथा टाढा रहेका साथिभाइहरूसगँ भेटघाट हुदाँ नौला परिकारहरूको रशास्वादन गर्न पाइने छ । मौसमी फेरवदलबाट आइलाग्ने सानातिना शारिरिक पिडाले पिरोल्ने सम्भावना छ । लामो तथा छोटो दुरीको यात्रा गर्दा बढी खर्च हुनेछ । सेता रंगहरू प्रयोग गर्न सके थप उर्जा मिल्नेछ ।

मिथुन : सामाजीक क्षेत्रमा सहयोगी भावनाले प्रस्तुत हुदाँ अपजस आइलाग्न सक्छ सकेसम्म कम बोल्नुनै आफ्नो हितमा हुनेछ । व्यवसायलाईमुनाफा मुलक बनाउन प्रेमीकाको सुझावको जरुरत पर्नेछ । शुभ कार्यमा धन खर्च गर्नुपर्नेछ । पेट तथा टाउको सम्बन्धी समस्याले पिरोल्न सक्छ । जुस तथा पानीको अधिक सेवन गर्नुहोला ।

कर्कट : कुनै पनि कामबाट प्रतिफल हात पार्न ठुलै प्रयत्न गनुपर्नेछ । सोचेजस्तै उपलब्धिहात पार्न इटाँ रंगको पहिरन प्रयोगगर्नुहोला । प्रलोभन देखाउनेहरूसगँ सचेत रहनुहोला । वृद्धवृद्धा तथा अपांगहरूको सेवाले आर्शिवाद मिल्नेछ । रचनात्मक कार्यमार्फत अरुको मन सजिलै जित्न सकिनेछ ।

सिंह : नौला किसिमका व्यबसाय गर्न व्यवसाय सुरुवात गर्न साझेदारीहरूबिच मन मिल्ने छ जसले मुनाफा समेत दिलाउनेछ तर चियोचर्चो गर्नेहरूबाट सावधानी अपनाउनु होला । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सृजना हुन सक्छ । प्रेमिकासगँ खटपटपर्ने सम्भावना छ । जोडी नम्बरको सवारी साधन चलाउँदा सहज महसुश हुनेछ ।

कन्या : प्रेमप्रेमीकाले दिएका उपहारलेमन प्रफुलित हुनेछ । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजन गर्न पाइनेछ । विदेशमा अध्ययनसगैँ राम्रो रोजगारीको अवसर जुट्ने सम्भावना छ । नयाँ सवारी साधन खरिद गर्ने साइत जुर्नसक्छ । रात्रि भोजमा सरिक हुदाँ खानपानमा सावधानी अपनाउनुहोला ।

तुला : मनोरञ्जनात्मक क्रियाकलापका सहभागिले मानसिक उर्जा प्रदान गर्नेछ । महङ्गा फेसनका सामाग्रीमा राम्रै धन खर्च हुन सक्छ । आफ्ना काममा सुस्तता एवं वेवास्तापनले नोक्सान पुर्याउन सक्छ जसप्रति सचेतरहन मान्यजनको भनाइलाई आत्मासात गर्नुपर्नेछ । बाहिरी खानपानमा सावधानी अपनाउनुहोला ।

वृश्चिक : अनुकुल अवस्थामा कार्य सम्पन्न गर्न ढिलाई गर्दा पछि परिनेछ । मंगलबारपछि मित्रवर्गले दिएका बचनअनुरुप समयमै सहयोग गर्नेछन । आफन्त जनले आर्थिक संकटमा पार्ने सम्भावना छत्यसैले व्यवसायिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । धर्म तथा पुण्य आर्जन गर्न रुची बढ्नेछ ।

धनु : केही दिनको अन्तरमा नै विदेश यात्राको साइत जुर्ने सम्भावना छ । सहयोगीपारिवारीक वातावरणले नयाँ कार्यप्रति उर्जा प्रदान गर्नेछ । व्यवसाय वृद्धि गर्ने क्रममाशारिरिक तथा मानसिक बोझको भार व्यहोर्नु पर्नेछ जसबाट मुक्ति प्राप्त गर्न योगअभ्यासमाजोड दिनुहोला ।

मकर : गल्ती सच्याउने स्वाभाबलाई साथीहरूले प्रशंसा गर्नेछन । पुँजी तथा मेहनतबाट नयाँ अवसरको सृजना हुनेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलिमा परिवर्तन गर्न जरुरी छ । नयाँ परिचित साथीहरूबाट प्रेम प्रस्ताव आइलाग्न सक्छ तथ्य कुरा पत्ता लगाइ निर्णय गर्नुहोला ।

कुम्भ : पुरुषार्थ गरी धन आर्जन गर्न सकिनेछ । असहज परिस्थतीबाट उम्कन सोचेभन्दा बढी खर्च हुनेछ । मन पर्ने उपहार हात लाग्ने सम्भावना छ । मित्रहरूको आर्थिक सहयोगबाट व्यवसाय सञ्चालन गर्न उत्प्रेरणाजाग्नेछ जसबाट आफुसँग भएका क्षमता प्रर्दशन गर्ने अवसर जुट्नेछ ।

मीन : घरायशी कार्यमा अल्झिदाँ प्रतिस्प्रर्धी भन्दा पछि पर्न सकिन्छ । भावि मार्ग पहिल्याउन एकाग्रतामा जोड दिनुपर्नेछ । अभिभावकबाट प्राप्त सुझाबले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । यो सात जोडी नम्बर भएका सवारी साधन चलाउँदा विशेष लाभ प्राप्तहुन सक्छ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार