free website hit counter

पुस २९ मा नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा, लाभांश नबाड्ने

beemaadmin
२०७७ पुष ८, बुधबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कार्की ब्याङक्वेटमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल पारित गर्ने प्रस्ताव रहेको छ । लेखापरीक्षण प्रतिवेदन २०७६ को वासलात, नाफा, नोक्सान हिसाब, नगद प्रवाह वित्तीय विवरण सम्बन्धी अनुसुचीहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै संस्थागत शेयरधनीको तर्फबाट नेपाल सरकार बाहेकको १ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी २ जनजा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभामा रहेको छ । त्यसैगरी सभामा कम्पनीको संचालक समितिको निर्णय बमोजिम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकमलाई अनसमोदन गर्ने तथा कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार र नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो सम्बन्धी फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिने विषेश प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ। जसका लागि पुस १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार