free website hit counter

पूँजी नजुटाउने बीमा कम्पनीलाई तत्काल पैसा जम्मा गर्न निर्देशन

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं। बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पूँजी नपुर्याउने बीमा कम्पनीका संस्थापकलाई पालै पालो बोलाएर पैसा हाल्न निर्देशन दिन थालेको छ । बीमा समितिले हकप्रद जारी गर्नुअघि नै संस्थापकहरुलाई अपुग पूँजी तत्काल हाल्न निर्देशन दिएको हो। समितिले पहिलो चरणमा गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकलाई बोलाएर संस्थापकतर्फको पूँजी कल इन एडभान्समा जम्मा गर्न निर्देशन दिएको बताइएको छ । समितिले पूँजी नजुटाउने सबै कम्पनीलाई पालैपालो बोलाउने योजना बनाएको छ ।

गत साउन ६ गते समितिले पूँजी जुटाउन नसक्नुको कारण सहित ७ दिनभित्रमा लिखत जवाफ पेश गर्नसमेत निर्देशन दिइसकेको थियो । पूँजी जुटाउन नसक्ने कम्पनीहरुले कारणसहित जवाफ गरे पनि समितिले आवश्यक कारबाही सुरु गरेको छ । उचित जवाफ पेश नगर्ने कम्पनीलाई बीमा व्यवसाय गर्न नै रोक लगाउने भन्दै पत्र काटे पनि समिति केही लचिलो देखिएको छ।
समितिका अनुसार पूँजी नजुटाउने सबै बीमा कम्पनीले समितिमा लिखित जवाफ पेश गरिसकेका छन्। जीवन तर्फ पूँजी जुटाउन बाँकी प्राइम र गुराँस मात्रै छन्। त्यस्तै निर्जीवन बीमातर्फ पूँजी नजुटाउनेमा नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलसी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी छन्।

सम्बन्धित समाचार