free website hit counter

पूँजी वृद्धिको निर्णयमा विदेशी कम्पनीलाई किन छूट ?

beemaadmin
२०८० भाद्र ८, शुक्रबार

काठमाडौं । नियामक निकाय नेपाल बिमा प्राधिकरणले सबै बीमकहरुको चुक्ता पुँजी वृद्धिको निर्णय गरेसँगै धेरै कम्पनीले एकापसमा मर्ज भएर चुक्ता पूँजी पुर्याउँदै छन् भने केही कम्पनीले हकप्रद र बोनस मार्फत चुक्ता पूँजी पुर्याउँदै छन्। तोकिएको समयमा चुक्ता पूँजी नपुर्याउने बीमकलाई कारबाही गर्ने तयारी समेत प्राधिकरणले गरिरहेको छ। तर त्यही नियम नेपालमा व्यवसाय गरेका दुई विदेशी कम्पनीहरुलाई किन लागू गरिएको छैन ? नेपालमा व्यवसाय गर्दै निर्जीवन बिमा कम्पनी ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्सलाई चुक्ता पुँजी वृद्धिको दबाव दिइएको छैन । दुवै भारतीय कम्पनीका शाखा हुन्। उनीहरूले भने चुक्ता पूँजी नपुर्‍याए पनि हुने प्राधिकरणको भनाई छ। ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनी भनेको नेपालमा शाखा कार्यालय मात्रै हुन्। पूँजीको विषय त उसको प्यारेन्ट कम्पनीको हुने भयो भन्ने तर्क प्राधिकरणले गरेको छ । अझै ती दुवै कम्पनीका प्यारेन्ट कम्पनीले नेपालमा हुने सबै दायित्व भुक्तानीको जिम्मेवारी हामीले लिन्छौ भनेर ग्यारेन्टी गरेका छन्। प्राधिकरणलाई नै उनीहरूले ग्यारेन्टी गरेको भएर उनीहरूलाई चुक्ता पूँजीको विषयमा कडी कडउ नगरिएको भनाई प्राधिकरणको छ । तर नेपाल राष्ट्र बैंकले भने कुनै पनि विदेशी बैंकले शाखा खोल्दा नेपाली कम्पनी सरह नै एसाइन क्यापिटल चाहिने प्रावधान राखेको छ। यद्यपि उक्त प्रावधान अनुसार कुनै पनि विदेशी बैकले नेपालमा शाखा भने खोलेका छैनन्। नेपालमा भएका विदेशी बैंकहरु ज्वाइन्ट भेन्चरमा खुलेका हुन्। जस्तै स्ट्याण्डर्ड चार्टड बैंक। नेपाल राष्ट्र बैंकले नेपाली बैंक सरह एसाइन क्यापिटल चाहिन्छ भन्दै गर्दा बिमा प्राधिकरणले ग्यारेन्टीमा काम गर्नु ठिक नभएको तर्क बीमा क्षेत्रका विज्ञहरुको छ । संसारमा जति पनि बैंकका शाखाहरू र बिमा कम्पनीहरूको शाखाहरू अर्को देशको खुल्छन्। ती सबैले शाखा खोल्दा जुन देशमा खोलिएको हो त्यही देशको नियम अनुसार एसाइन क्यापिटल राख्नु पर्छ। तर बीमा प्राधिकरण भने त्यो सर्वमान्य मान्यताका विपरित गइरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार