काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि पुनः १४.२ केजी क्षमताको पूर्ण भरिएको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
निगमले यसअघि फागुन २९ गतेदेखि ७.१ केजी क्षमताको आधा सिलिन्डर बजारमा ल्याएको थियो। अब भने उपभोक्ताले पुनः साविककै १४.२ केजी ग्यास भरिएको सिलिन्डर खरिद गर्न सक्नेछन्।
निगमका अनुसार पूर्ण सिलिन्डरको बिक्री मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ र यो व्यवस्था देशभर लागू हुनेछ।
यद्यपि, ७.१ केजी क्षमताका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म बजारमा पूर्ण र आधा दुवै प्रकारका सिलिन्डर उपलब्ध रहने निगमले जनाएको छ।