free website hit counter

पूर्ण अशक्तता सुविधा अन्तर्गत रिलायबल नेपाल लाइफद्वारा ५० लाख दाबी भुक्तानी

beemaadmin
२०८३ श्रावण १६, शनिबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार काफ्लेले विसं २०७६ सालमा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा योजना’ अन्तर्गत २० वर्ष अवधिको १ करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए। सोही बीमासँग उनले पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए।

केही समयअघि काफ्लेलाई पार्किन्सन रोग देखिएको र उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुसार रहेको पुष्टि भएपछि कम्पनीले उक्त सुविधा अन्तर्गत ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।

दाबी भुक्तानीसँगै बीमितले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट सुविधा पनि प्राप्त गरेका छन्।

रिलायबल नेपाल लाइफले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानीमार्फत बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्बन्धित समाचार