free website hit counter

पूर्वप्रेमीलाई मार्न पठाएको विषालु मासु डेलिभरी ब्वायका छोराले चाखेपछि…

beemaadmin
२०७८ बैशाख २८, मंगलवार

एजेन्सी । कुकुरलाई ताकेको बन्दुकले कहिले काहीं ढुकुर मारिन्छ । इण्डोनेसियाकी एक महिलामाथि आफ्ना पूर्वप्रेमीलाई मार्ने प्रयासमा कुखुराको मासुमा खतरनाक विष मिसाएको आरोप लागेको छ । ती महिलाले कुखुराको मासुमा विष मिसाएर पूर्वप्रेमीको घर पठाएकी थिइन् । तर, उनका पूर्वप्रेमी भाग्यशाली निस्किए र उनले यो चिकेन खाएनन् । बरु त्यो मासु डेलीभरी ब्वायका छोराले खाए र उनको मृत्यु भयो । २५ वर्षकी नेनी नुरजामनले चिकेनमा खतरनाक विष साइनाइडको प्रयोग गरेको आरोप लागेको छ । उनले विष मिसाइएको चिकेन पूर्वप्रेमीको घरसम्म लैजानका लागि ४७ वर्षका डेलिभरी ब्वायलाई दिएकी थिइन् । द सनको रिपोर्टअनुसार बेन्दीयामन नामका यी डेलिभरी ब्वाय महिलाका पूर्वप्रेमी टमीको घरमा पुगे तर त्यहाँ टमीकी श्रीमती भेटिइन् । श्रीमतीले आफूलाई डेलिभरीबारे जानकारी नभएको भन्दै टमीलाई फोन गरिन् । टमीले पनि आफूलाई यसबारे जानकारी नभएको भन्दै डेलिभरी लिन अस्वीकार गरे । उनीहरुले डेलिभरी लिन अस्वीकार गरेर बेन्दीयामनलाई त्यो प्याकेट आफ्नो घर लिएर जान भने । उनीहरुले बेन्दीयामनलाई प्याकेटको खानेकुराले आफ्नो रमजानको ब्रत तोड्न सक्ने समेत बताएका थिए । त्यसपछि बेन्दीयामक घर आए र प्याकेटमा भएको चिकेन उनकी पत्नी र छोराले खाए । चिकेन खानेबित्तिकै दुवैलाई बान्ता हुन थाल्यो र उनीहरुलाई योगाकर्ता सहरको एक अस्पतालमा भर्ना गरियो । अस्पतालमा बेन्दीयामनकी पत्नी त बचिन् तर उनका छोरा बच्न सकेनन् । उपचारको क्रममा उनको मृत्यु भयो । पुलिसले विषालु चिकेन पठाउने महिलालाई पक्राउ गरेको छ । पुलिसका अनुसार ती महिलाका प्रेमीले उनलाई छोडेर अर्की महिलासँग बिहे गरिसकेको थाहा पाएपछि उनी निकै रिसाएकी थिइन् र बदला लिन चाहन्थिन् । रिपोर्टका अनुसार यदि यी महिलामाथि लागेको आरोप प्रमाणित भएमा उनलाई मृत्युदण्डको सजाय समेत हुन सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार