free website hit counter

पूर्व राजाले गरे देश छाड्ने घोषणा

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

एजेन्सी। आफ्नो नाम भ्रष्टाचारमा जोडिएपछि करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । आफूमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला उनले देश छाड्ने घोषणा गरेका हुन् । स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ ।

उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको छैन । पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ । साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ । स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार