free website hit counter

पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष

beemaadmin
२०८१ फाल्गुन २१, बुधबार

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औँ वार्षिक साधारण सभा पश्चात् भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार