काठमाडौं । लगातार उकालो लागेको पेट्रोलियम पदार्थले फेरि उपभोक्ताको ढाड सेकेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।