काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रूपैयाँले बढाएको हो । नेपाल आयल निगमले सोमबार १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमले आजबाट लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाई पेट्रोलमा प्रतिलिटर १७८ र डिजेल – मट्टितेलमा प्रति लिटर १७५ कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ। आईओसीबाट १ फेब्रुवरी २०२३ माघ १८, २०७९ मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा ८.१ रूपैयाँ प्रतिलिटर, डिजेलमा ७.९८ प्रति लिटर मट्टितेलमा, ४.६१ प्रति लिटर र हवाई इन्धनमा ७.८० प्रतिलिटर बढेर आएको निगमले जनाएको छ ।