free website hit counter

पेलेले अस्पतालबाट भने, मेस्सी जितका हकदार थिए

beemaadmin
२०७९ पुष ४, सोमबार

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन् । यससँगै उनले फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका किलियन एमबाप्पेलाई पनि बधाई दिए । खेलाडीका रूपमा कीर्तिमानी तीन पटक विश्वकप जितेका पेले अहिले श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन् । कतारको लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले अर्जेन्टिनाले हराएपछि उनले आफ्नो सन्देश इन्स्टाग्राममा पोष्ट गरेका हुन् । अतिरिक्त समयमा अर्जेन्टिना र फ्रान्स ३–३ गोलको बराबरीमा रोकिएपछि सुटआउटको सहारा लिइएको थियो । लेजेन्ड पेलेले भने, ‘फुटबलले आज फेरि आफ्नो कथा रोचक ढंगले सुनायो । मेस्सीले आफ्नो पहिलो विश्वकप जितेका छन्, जसको उनी पूर्ण हकदार थिए। मेरो प्यारो साथी एमबाप्पेले फाइनलमा चार गोल ९पेनाल्टी सुटआउट सहित० गरे। हाम्रो खेलको भविष्यको लागि यो उत्कृष्ट प्रदर्शन हेर्न पाउनु कुनै उपहार भन्दा कम थिएन।’
खेलमा मेस्सीले दुई गोल गरेका थिए भने फ्रान्सका लागि तीनै गोल एम्बाप्पेले गरेका थिए । पेलेले सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्कोलाई पनि बधाई दिए र अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोनालाई सम्झेर आफ्नो सन्देश अन्त्य गरे। पेलेले लेखे, ‘बधाई छ अर्जेन्टिना । पक्कै पनि डिएगो अहिले मुस्कुराइरहेको हुनुपर्छ।’ फिफा विश्वकप २०२२ को फाइनल खेलको बारेमा कुरा गर्दा अर्जेन्टिना र फ्रान्सबीचको खेललाई अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक फाइनल भनिएको छ । दुवै टोलीबीचको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटसम्म चलेको थियो । जहाँ अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराएको थियो ।

सम्बन्धित समाचार