free website hit counter

पेशाकर्मीलाई सुरक्षित बनाउने दायित्व बीमा

beemaadmin
२०७६ माघ १९, आईतवार

कुनै पनि पेशा व्यवसाय जोखिमरहित हुँदैन । जहाँ जतिबेला पनि जोखिम बहन गनुपर्ने हुन्छ । तर व्यक्ति वा कुनै कम्पनीले आफ्नो पेशा व्यवसाय विस्तार गर्न सके पनि जोखिम बहन गर्न सक्दैन । जोखिम बहनको पाटो बीमा कम्पनीलाई सुम्पनु पर्छ । जोखिम बहनका लागि बीमा कम्पनीको सहायता लिनैपर्छ । पेशा व्यवसायको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गरेर निर्धक्क अघि बढ्दा मात्रै कुनै पनि पेशा व्यवसाय सफल हुन सक्छ ।

वकिल, डाक्टर, कम्पनी सञ्चालक, इञ्जिनियर, आर्टिटेक, पाइलट, अडिटरलगायत जिम्मेवार व्यक्तिहरुले असल नियतले काम गर्दागर्दै पनि कहिले काहीं गल्ती हुनसक्छ, त्यस्ता दुर्घटनाले निम्त्याउने क्षतिको जोखिम बहन गर्ने काम दायित्व बीमाले गर्दछ । तेस्रो पक्ष दायित्व पनि यसैमा पर्दछ । असल नियतका साथ काम गर्दा गर्दै आर्थिक क्षति भएमा यो बीमाले क्षतिको पूर्ति गरिदिन्छ ।

डाक्टरले अपरेशन गर्दा विरामी मार्ने नियत राख्दैन । तर कहिलेकाहीं परिणाम अर्कैै आउँछ । उपचारको क्रममा विरामीको मृत्यु भएमा त्यहाँ सोझै चिकित्सकको गल्ती कमजोरी ठहराई विरामीका आफन्तहरु अस्पताल बाहिर नारा जुलुस गर्न लाग्छन् । यस्तो अवस्थामा दायित्व बीमा गरेको छ भने बीमाङ्क रकम बराबर आर्थिक क्षतिपूर्ति बीमा कम्पनीले गरिदिन्छ । बीमाङ्क रकम बीमक र बीमितबीचमा आपसी छलफलमा कायम गर्न सकिन्छ । यसमा पब्लिक दायित्व जसमा मानवीय तथा सम्पत्ति क्षतिको जोखिम बहन हुन्छ । तेस्रो पक्षमा पनि मानव र सम्पत्तिको नै सुरक्षा गरिन्छ । पेशाकर्मीहरुलाई उत्प्रेरणा दिनलाई यस बीमा आवश्यक छ ।

यसले पेशाकर्मीहरुको पेशागत हक हितको सुरक्षण गर्दै नैतिक बल प्रदान गर्दछ । यो बीमालेख लिएपछि डाक्टरले बिरामीको उपचार गर्दा हात कमाउनु पर्दैन । डाक्टर भगवान होइन, प्रयास गर्ने हो त्यो सफल हुन पनि सक्छ असफल हुन पनि सक्छ । असफल भएका सबै केशको क्षतिपूर्ति अस्पताल वा चिकितसकले गर्दै जाने हो भने अस्पताल र चिकित्सकको जायजेथाले पनि पुग्दैन । दायित्व बीमा गरेपछि इञ्जिनियर, अडिटरहरुले काम गर्दा नियत सफा हुँदा हुँदै पनि हिचकिचाउनु पर्दैन । किनकि त्यहाँ आइपर्ने कुनै पनि क्षतिको दायित्व बीमा कम्पनीले बहन गरेको हुन्छ ।

विश्वको बीमा बजारमा यो बीमालेख अत्यधिक प्रचलनमा छ । नेपालमा यस बीमा प्रचार प्रसार गरी विस्तार गर्न आवश्यक छ । पेशाको दायित्व बीमकलाई हस्तान्तरण गरियो भने पेशाकर्मी बढी सकारात्मक र उत्प्रेरित हुने निश्चित छ । हाम्रो देशमा पनि दायित्व बीमा आजको आवश्यकता भइसक्यो । सरोकारावाल निकायहरुले उचित प्रचारप्रसार गरेर यसको दायरा बढाई पेशाकर्मीहरुको मनोबल उच्च राख्न जरुरी छ ।

(लेखक नेपाल इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार