free website hit counter

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपालको अधिवेशन जेठ २४ मा

beemaadmin
२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपाल लिमिटेडको अधिवेशन आगामी जेठ २४ गते शतिबार बुटवलमा हुने भएको छ । उक्त अधिवेशनमा एलआईसी नेपाल लिमिटेड आवद्ध देशभरिका ५५ हजार अभिकर्तामध्येबाट छनोट गरी पठाइएका ७४ वटा शाखा समितिका दायित्व बुझाएर पेशागत बीमा अभिकर्ता संघ नेपालको प्रत्यक्ष उपस्थितिमा ३ सय ४९ जना प्रतिनिधिको उपस्थितिमा उक्त अधिवेशन हुने अध्यक्ष नरबहादुर घर्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त अधिवेशनबाट एलआईसी नेपालमा भएका प्रयासहरु तथा अभिकर्ताको हकहित, अधिकार तथा समग्र कम्पनीको हित र व्यवसाय वृद्धिको लागि सहकार्यको भूमिका निभाउने राष्ट्रिय टे«ड युनियनको मु्ल मर्म र भावनामा प्रेरित भई नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

सम्बन्धित समाचार