free website hit counter

पैसाका लागि १७ वर्षीया युवतीले रचेको बलात्कारको नाटक

beemaadmin
२०७७ माघ ३, शनिबार

रौतहट । मुलुकमा महिला हिंसाका घटना बढिरहेको छ । तर कतिपय घटनामा महिलाले बदमासी गरी पैसा झार्ने मेलो गरेका समाचार पनि आइरहेका बेला आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको उनले बताएकी थिइन् ।
चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले आरोपितहरुको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीर पहिचान गरिन ।
तर आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन । प्रहरीलाई युवतीमाथि नै शंका लागेपछि बन्धक बनाएको ठाउँ देखाउन भन्यो, तर उनले सकिनन् । ‘बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको खुल्यो’ जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले भने, ‘गजेन्द्र भन्ने राम विश्वास साह कानू लगायतले योजना बनाएको रहेछन् ।’
जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभनमा युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको डीएसपी श्रेष्ठले बताए । झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार