free website hit counter

पोखरा फाइनान्सको १४ प्रतिशत लाभांश

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । पोखरा फाइनान्सको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको कमाइबाट १४.२० प्रतिशत लाभांश पारित गरेको छ। सभाले ७ प्रतिशत बोनस शेयर र ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले  उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रदान गरेको छ। त्यसैगरी सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रेमबहादुर थापा, डा. दिपेन्द्रकुमार गौतम र कृष्णबहादुर गुरुङलाई आगामी ४ वर्षे कार्यकालको लागि निर्वाचित गरेको छ। बोनस वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख रुपैयाँ पुगेको छ। फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार