free website hit counter

पोर्नस्टारको कारमा भेटियो लाश

beemaadmin
२०७८ श्रावण ४, सोमबार

एजेन्सी । क्यान्सरजस्तो घातक रोगसँग जुधिरहेकी पोर्नस्टार डाहलिया स्काइको गोली लागेर सन्दिग्ध अवस्थामा मृत्यु भएको छ । ३१ वर्षकी पोर्नस्टारको शव कारमा भेटिएको थियो । उनको टाउकोमा गोली लागेको थियो । डेलीमेलका अनुसार डाहलिया स्काइ चौथो स्टेजको स्तन क्यान्सरसँग जुधिरहेकी थिइन् । यस क्रममा उनी डिप्रेसनको शिकार पनि भएकी थिइन् । एडल्ट भिडियो न्यूजका अनुसार स्काइले कारमा आफूलाई आफैंले गोली हानेको हुनसक्ने आशंकामा पुलिस उनको मृत्युलाई सम्भावित आत्महत्या मानेर जाँच गरिरहेको छ । उनको शव ३० जूनमा लस एन्जल्सको सेन फर्नान्डो घाटीमा एक कारमा भेटिएको थियो । एक स्थानीय मिडिया आउटलेटसँग कुरा गर्दै लस एन्जल्स पुलिस विभागका डिटेक्टिभ डेभ पेटेकले जाँच आत्महत्याको एंगलबाट भइरहेको बताए ।
उनको हत्या भएको वा अन्य केही गलत भएको हुन सक्ने कुनै पनि प्रमाण नभेटिएकोले आत्महत्या मानिएको उनले बताए । एडल्ट फिल्म निर्माता हंसले पनि स्काइको क्यान्सरसँगको लडाइँका विषयमा स्थानीय मिडियासँग कुरा गरे । उनले भने ‘बिरामीको क्रममा मैले उनीसँग कैयौं पटक जीवनबारे कुरा गरें । यो उनको लागि सजिलो थिएन ।’ स्काइले एडल्ट फिल्म करिअर २०१० मा सुरु गरेकी थिइन् । उनको खास नाम बेली ब्लु थियो । ४ वर्षपछि उनले आफ्नो नाम बदलेर डाहलिया स्काइ राखेकी थिइन् । उनी कैयौं वर्षदेखि क्यान्सरसँग जुधिरहेको मानिएको छ । उनले सामाजिक संजालमा पनि यसबारे बताएकी थिइन् । १ दशकको करिअरमा डाहलियाले ६ सय भन्दा धेरै एडल्ट फिल्ममा काम गरेकी थिइन् । उनलाई फिमेल पर्फर्मर अफ द इयरको अवार्ड पनि दिइएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार