free website hit counter

पोर्न फिल्मको सुटिङमा यस्तोसम्म हुन्थ्यो

beemaadmin
२०७८ श्रावण १९, मंगलवार

एजेन्सी । पोर्न फिल्म केसमा राज कुन्द्राकी सहयोगी रहेकी अधिनेत्री गहना वशिष्ठ र रोवा खान समेत नराम्रोसँग फस्ने देखिएका छन् । पुलिस निकट सूत्रले २ जना पीडित युवतीको बयान जारी गरेको छ जसमा ती युवतीहरुले गहना र रोवामाथि धम्की दिएर जबरजस्ती आफूहरुलाई शारीरिक सम्बन्ध राख्न बाध्य पारेको र फिल्म सुटिङ गराएको आरोप लगाएका छन् । दुवै युवतीहरुले मुम्बइको मड आइल्याण्डको एक बंगलामा सुटिङ गरिएको बयान दिएका छन् ।

पहिलो पीडित २५ वर्षकी छिन् । उनले केही भोजपुरी, मराठी र हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले रोवा खानमाथि जबरजस्ती अश्लील फिल्म सुटिङ गराएको आरोप लगाएकी छिन् । उनले आफ्नो बयानमा भनेकी छिन् ‘२०१८ मा मैले रौनक नामका कास्टिङ डाइरेक्टरलाई भेटेकी थिएँ । उनले मलाई रोवा खानको एक प्रोजेक्टमा काम दिलाए । २ फेब्रुअरी २०२१ मा रौनकले मलाई मलाडमा भेट्न बोलाए । दुवै एक कारमा आए र मलाई मड आइल्याण्डको मालवनी क्षेत्रमा ग्रीन पार्क बंगलामा लिएर गए ।’

उनले अगाडि भनिन् ‘रोवाले मलाई २५ हजार रुपैयाँ अफर गरेर एउटा स्क्रिप्ट थमाइन् र मलाई निकै खुला कपडा लगाउन भनिन् । त्यसपछि मलाई बर्तन वाली नामको एक स्क्रिप्ट थमाइन् जसलाई पढेर मैले यो गर्न सक्दिन भनें । रोवाले मलाई ठूलो ब्रेकभन्दा पहिले हिरोइनले यस्तो काम गर्नुपर्छ भनिन् । त्यसपछि मुख्य अभिनेता भानुले पनि मलाई यस्तो फिल्ममा काम गर्न कुनै आपत्ति नहुने बताए ।’

उनले बयानमा अगाडि भनेकी छिन् ‘आधा फिल्मको सुटिङपछि मलाई नग्न सुटिङ गर्न भनियो । मैले न्युड सिन दिन्न भनेपछि रोवाले मलाई धम्क्याउन सुरु गरिन् । उनले मैले न्युड सिन नदिए मविरुद्ध केस गरिदिने धम्की दिइन् । यति मात्र होइन उनले सुटिङको भएको नोक्सानीको पैसा पनि मैले दिनुपर्ने र फिस पनि नपाउने भनिन् । उनले उद्योगका अरु कसैसँग मलाई काम गर्न नदिने धम्की पनि दिइन् । दबाबमा मैले न्युड सिन दिनुपर्यो ।’

अर्की पीडितले गहना वशिष्ठमाथि आरोप लगाएकी छिन् । यी पीडित २० वर्षकी छिन् र उनले मराठी, हिन्दी फिल्ममा काम गरेकी छिन् । उनलाई पनि वेब सिरिजको सुटिङका लागि भनेर मड आइल्याण्ड बोलाइयो र १० हजार रुपैयाँ पारिश्रमिक दिने भनियो । उनलाई यो शोकी निर्माता गहना भएको भनिएको थियो । पीडितले भनिन् ‘गहनाले मसँग भेटिन् र वेब सिरिज राजा रानी र तीन जना पुड्काहरुको विषयमा भएको बताइन् ।’

उनले अगाडि भनिन् ‘सुटिङका क्रममा मलाई जबरजस्ती एउटा कोठामा लगियो अनि ३ जनाले जबसजस्ती पालैपालो मसँग शारीरिक सम्बन्ध राखे । त्यसपछि गहनाले मलाई नयाँ कपडा दिइन् सुटिङमा जान भनिन् । मैले अस्वीकार गरेपछि उनले मलाई धम्की दिइन् । उनले मलाई सुटिङमा १० लाख खर्च भएको र सुटिङ छोडेर गए १० लाख दिनुपर्ने भनिन् । मैले उनलाई मसँग यति पैसा नभएको भने । त्यसपछि आकाश नामको एउटा केटा आयो र उसले पनि जबरजस्ती मसँग शारीरिक सम्बन्ध राख्यो । त्यसपछि मैले गहनासँग मलाई जान दिन बिन्ती गरें । उनले मलाई यसबारे कसैलाई बताए परिणाम राम्रो नहुने धम्की दिइन् ।’

राज कुन्द्रा पोर्न केसमा पुलिसले गहनालाई पनि कानुनी नोटिस पठाएको छ । उनी क्राइम ब्रान्चमा आफ्नो बयान रेकर्ड गराउन उपस्थित हुन बाँकी छ । यो केसमा गहना र उनका सहयोगीहरुलाई यसअघि २१ फेब्रुअरी २०२१ मा गिरफ्तार गरिएको थियो । पछि गहनालाई जमानतमा रिहा गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार