free website hit counter

प्रक्रिया मिलाउने जालमा पर्यो विपक्षी गठबन्धन

beemaadmin
२०७८ जेष्ठ ७, शुक्रबार

काठमाडौं। प्रक्रिया मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बुनेको जालमा केही छिन भए पनि विपक्षी गठबन्धन परेको छ । नयाँ सरकार बनाउनका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धन दुबैले सरकार बनाउन दावी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएकी थिइन्। समय सीमामै रहेर सरकारका लागि दावी पेश गरिएको हो। प्रधानमन्त्री ओलीले एमाले र जसपाको समर्थनमा १५३ जना सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका छन्। उता देउवाले काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको समर्थन्मा दावी गरेका छन्। ३९ जना सांसदहरुको हस्ताक्षर दुबैतर्फ प्रयोग भएकाले अब राष्ट्रपति भण्डारीले के निर्णय लिन्छिन् त्यो भने चासोको विषय बनेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार