free website hit counter

प्रचण्डका घरवेटीलाई दुई प्रहरीको घेरा

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं। थुप्रै सडक अधकल्चो पारेर छाडेका कारण ठाउँ ठाउँमा पोष्टर बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको सुरक्षामा विगत दुई वर्षदेखि नेपाल प्रहरीका दुई जना प्रहरी खटिएका छन्। सुन्दा अचम्म लाग्नसक्छ तर पहुँच हुनेले जे गरे पनि हुने मुलुक हो नेपाल ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेशमा उनको सुरक्षामा दुई जना प्रहरी खटिएका हुन्। जिल्ला सुरक्षा समितिको बैठकबाट उनलाई सुरक्षा थ्रेट रहेको भन्दै दुई वर्ष अघिदेखि सुरक्षाकर्मी खटाएको भएपनि प्रहरी केन्द्रीय कार्यालय भने यसमा जानकार छैन। अर्धभूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट थ्रेट भन्दै ठेकेदार अधिकारीको सुरक्षा प्रहरी खटाइएको हो। त्यसैमाथि अहिले अधिकारीकै घरमा नेकपा अध्यक्षले ‘डेरा’ जमाउनु भएको छ । त्यसपछि छ उनको सुरक्षाकर्मी किन निकालिन्थ्यो मिल्थ्यो भने अझै थपिन्छ ।

राजनीतिक पहुँचका भरमा सबै ठेक्कापट्टा ओगट्ने कतै काम नभ्याएपछि कसले उनलाई नमस्कार गर्छ ? हिलोमा खुट्टा गाडिएका बेला सडकमा भेटे उनका लागि आम नागरिक नै विप्लव कार्यकर्ता बन्छन् । यस्ता मानिसका लागि राज्यले सुरक्षाकर्मी खटाउनु कहाँसम्मको दुरुपयोग हो ? गृहमन्त्री रामबहादुर थापा बादलज्यू ?

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार