free website hit counter

प्रदेशसभा सदस्य थापाद्वारा पाख्रिवास अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

beemaadmin
२०७९ चैत्र २३, बिहीबार

धनकुटा । जिल्लाको शिक्षा, स्वास्थ्य, सामाजिक जागरण लगायतका कार्यक्रममा सक्रिय रहँदै आउनुभएकी काँग्रेस नेतृ इन्दिरा थापाले प्रदेशसभा सदस्यको जिम्मेवारी पाएपछि आफ्नो जिम्मेवारीलाई थप शसक्त बनाउँदै जिल्लाका आधारभूत आवश्यकता परिपूर्तिका लागि आफ्नो सक्रिया बढाएकी छिन् । प्रदेशसदस्य भएपछि अधिकांश समय प्रदेशभित्रैका समस्याको समाधान गर्न अरोरात्र खट्दै आएकी थापाले पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीको अभाव देखिएपछि संघीय सरकारको ध्यानाकर्षण गराउँदै आफ्नै पहलमा स्वास्थ्य सामग्री संकलन र हस्तान्तरण कार्यलाई तिव्रता दिएकी हुन् । कोशी प्रदेशको प्रदेशसभा सदस्य इन्दिरा थापाले एक समारोहकाबीच स्वास्थ्य सामग्री हस्तान्तरणगर्नु भएको छ । पाख्रिबास नगरपालिकामा अवस्थित पाख्रिबास आधारभूत अस्पतालमा आयोजित एक समारोहकाबीच अस्पतालका प्रमुख सन्तोष मानन्धरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । संघीय सरकारको स्वास्थ्य मन्त्रालय मातहतको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रदेशसभा सदस्य थापाको अनुरोधमा उक्त सामग्री उपलब्ध गराइदिनुभएको थियो । चैत २० गते सोमबार अस्पताललाई आवश्यक पर्ने आधारभूत औषधि लगायतका सामग्रीहरु राजधानीबाट आफ्नै पहलमा धनकुटासम्म पु¥याएर पाख्रिबास अस्पतालको प्रांगणमा थापाले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य थापाले नागरिकको ज्यान बचाउने स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पाउँदा सन्तुष्टि मिलेको बताउँदै प्राप्त सामग्री अस्पतालले प्राथमिकताका आधारमा नागरिकको स्वास्थ्यमा उपयोग गर्ने विश्वास लिएको बताएकी छिन् । सामग्री प्राप्त भएपछि अस्पतालले प्राप्त सामग्रीले अस्पतालको उपचार प्रक्रियामा सहजता मिलेको अस्पताले जनाएको छ । यसैबीच प्रदेशसभा सदस्य थापा दलित एकता सञ्जाल नेपालको आयोजनामा सञ्चालित कार्यक्रममा सहभागीता जनाएकी छिन् । धनकुटा नगरपालिका वडा नं. ६ बीच बजारमा बुधबार आयोजित सिलाई कटाई तालिम कार्यक्रमको उद्घाटन गर्दै थापाले तालिमबाट प्राप्त सीपले स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । तीन महिनासम्म सञ्चालन हुने उक्त सिलाईकटाई तालिमका प्रशिक्षार्थीहरुलाई तालिम सामग्रीहरु वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार