free website hit counter

प्रदेश सरकारले दियो सार्वजनिक बिदा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । मधेश आन्दोलनका क्रमा सहादत प्राप्त गरेका सहिदहरुको सम्मानमा आज प्रदेश २ सरकारले बलिदान दिवस मनाउन गइरहेको कारण आज सो प्रदेशमा सार्वजनिक बीदा घोषणा गरिएको छ ।
प्रदेश सरकारले वार्षिक क्यालेन्डरमै माघ ५ लाई बलिदानी दिवसका रुपमा उल्लेख गर्ने जनाएको छ । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरू भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई वर्षयता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।
बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा आज भव्य कार्यक्रमको आयोजना समेत गरेको जनाएको छ ।

सम्बन्धित समाचार