free website hit counter

प्रदेश ३ को विवाद टुंगियो : राजधानी हेटौँडा घोषणा

beemaadmin
२०७६ पुष २७, आईतवार

हेटौँडा । लामो रस्साकस्सीपछि प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ । प्रदेशसभाले राजधानी तोक्न नसकेपछि नेकपा नेतृत्वले राजधानीको टुंगो लगाउँदै त्यसैमा सहीछाप गर्न निर्देशन दिएपछि प्रदेशले राजधानीको टुंगो लगाएको हो ।
आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो ।
प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए ।
प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ । सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरे ।

सम्बन्धित समाचार