free website hit counter

प्रधानमन्त्रीको मृगौला नेपालमै फेरिने

beemaadmin
२०७६ पुष २, बुधबार

अन्ततः समय, खर्च र सहजताको हिसावले सम्माननीय प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नेपालमै हुने भएको छ । त्यसका लागि नातेदारहरूले मिर्गौला दिन कबुल गरिसकेका छन् । प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता । तर, प्रत्यारोपण गर्नका लागि चाहिने स्वास्थ्यस्थितिका न्युनतम शर्त पूरा नभएको अवस्थामा समय सर्न पनि सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनआस्थालाई बताए ।

यसरी प्रत्यारोपणपछि कम्तिमा तीन महिनासम्म आराम गर्नुपर्ने बताइएको छ । त्यस अवधीमा सरकार वा पार्टीको पूर्ण जिम्मेवारी कसलाई दिने ? यसबारे केही दिनमै निर्णय हुने बालुवाटारस्रोतले जनाएको छ । प्रधानमन्त्री सक्रिय जीवनको पक्षमा भएको कुरा आइतबार उहाँसमेतको नाम जोडिएको प्रतिवेदन आएबाट बुझिन्छ । अहिलेको सरकारमा वरिष्ठतम् उपप्रधानमन्त्री ईश्वर पोखरेलप्रति उहाँको सरकार गठन गर्दैैदेखि सफ्टकर्नर थिएन । शुरुमा दिनै परे बिना विभागीय मन्त्रीसम्म राख्ने सोच थियो ।

पछि राष्ट्रपतिको जोडबलमा रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो । केही बुद्धिजीवीमार्फत कुरा बाहिर आएका छन्– राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रमले आराम गर्ने । प्रचण्डले पनि ०६४ मा कार्यकारी राष्ट्रपतिको एजेण्डा बोकेरै चुनाव लड्नुभएको थियो । नेपालमा बेलायती मोडलको संसदीय प्रणाली छ । यदि त्यसो गरियो भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि रोक्नसक्ने अवस्था देखिँदैन । किनभने, नेपाल वायुसेवा निगमको विवादास्पद वाइडबडी जहाज खरिदमा उहाँको संलग्नताका प्रमाणित आधारहरू छन् । त्यसैले विपक्षीले त्यस्तो कामलाई चुनौति दिनसक्ने सम्भावना छैन । यसबारे भित्र के पाक्दैछ, अहिलेसम्म सतहमा प्रकट भएको छैन ।

बुधबार प्रकाशित जनआस्था साप्ताहिकबाट साभार

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार