free website hit counter

प्रधानमन्त्रीको सचिवालयमा को भित्र को बाहिर ? (तालिकासहित)

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आङ्खनो सचिवालय फेरबदल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शुक्रबार साँझ बसेको बैठकले सचिवालयमा नयाँ नियुक्ति र केहीलाई यथावत राखेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्ति गरिएको छ भने विकास विज्ञ रहेका मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रहिसकेका घनश्याम भट्टराईलाई बिदा गरेर सो स्थानमा गजेन्द्र थपलियालाई ल्याइएको छ । भट्टराइकै पालामा मेलम्ची खानेपानी आयोजना भएको र ठेकेदार कम्पनी काम लथालिंग छाडेर भागेको थियो । यसैगरी पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई आर्थिक सल्लाहकारमा नियुक्ति गरिएको छ । १३ सदस्यीय सचिवालयमा भएको फेरबदल यस्तो छ ।

सम्बन्धित समाचार