free website hit counter

प्रधानमन्त्रीबाट देशवासीका नाममा सम्बोधन हुँदै

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले हरसम्भव सबै प्रयासहरु गरिरहेको छ । देश विदेशका नाका बन्द गरिसकेको सरकारले देशका कोरोना संक्रमण नदेखिए पनि सतर्कताका उच्च उपयाहरु अवलम्बन गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको छ । प्रधानमन्त्रीले साँझ ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न भइरहेको प्रयास र भावी रणनीतिबारे जानकारी गराउने छन् । प्रधानमन्त्री ओलीबाट केही विशेष घोषणा पनि हुनसक्ने स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार