free website hit counter

प्रधानमन्त्रीले होइन, अर्थमन्त्रीले संसदमा जवाफ दिने

beemaadmin
२०८३ बैशाख ३०, बुधबार

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले आज नदिने भएका छन्। संसद् सचिवालयका उच्च स्रोतका अनुसार यसअघि तय गरिएको कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको हो।

यसअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको थियो। तर, केहीबेरअघि प्रधानमन्त्री सचिवालयबाट आएको सूचनाअनुसार प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा उठेका विषयहरूको जवाफ दिने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ।

संसद् सचिवालय स्रोतका अनुसार कार्यसूची परिवर्तनसँगै आजको बैठकको स्वरूप पनि फेरिएको छ। प्रधानमन्त्री स्वयं उपस्थित भएर सत्ता र प्रतिपक्षका सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने अपेक्षा गरिए पनि अन्तिम समयमा जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो।

सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि त्यसलाई आजै पारित गर्ने तयारी गरेको थियो। तर प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिने निर्णयपछि संसद् बैठकमा राजनीतिक प्रतिक्रिया आउने सम्भावना रहेको बताइएको छ।

सम्बन्धित समाचार

जीवन बीमककाे नाफा ४ अर्ब ५९ करोड

beemaadmin
२०८३ बैशाख ३०, बुधबार

सुनको मूल्य तीन लाख नाघ्यो

beemaadmin
२०८३ बैशाख २९, मंगलवार