free website hit counter

प्रधानमन्त्रीसहित क–कसको रिपोर्ट नेगेटिभ

beemaadmin
२०७७ श्रावण २३, शुक्रबार

काठमाडौं । भीआईपीहरुलाई पनि कोरोनाले खतराको घण्टी बजाउन थालिसकेको छ । सभामुखका सुरक्षाकर्मीबाट शुरु भएको कोरोना संक्रमणको अवस्था नेकपा अध्यक्ष पुष्पकमल दाहालका आधा दर्जन सुरक्षाकर्मीसम्म पुगिसकेको छ । तर शीर्ष नेताहरु भने सुरक्षितनै रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार बिहान स्वाब लिइ परीक्षण गर्दा प्रधानमन्त्रीसहित ६ जनाको रिर्पोट नेगेटिभ आएको हो । शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार