free website hit counter

प्रधानमन्त्री एक साता बढी अस्पतालमै रहने

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । सामान्य अवस्थाको मासिनलाई पनि एपेन्डिसाइटिसको अपरेशन गरिँदा ७–८ दिन अस्पताल बस्नु पर्ने हुन्छ । मृगौलाको नियमित डायलोसिस गराइरहेका प्रधानमन्त्रीलाई पनि ७/८ दिन अस्पतालै निगरानीमा राखिने बताइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा आईसीयुमै राखेर उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आए पनि संक्रमण हुनसक्ने डरका कारण अस्पतालमै राख्न लागिएको हो ।

त्यसमाथि मृगौलाको समस्याले गर्दा पनि छिटै अस्पतलाबाट फिर्ता लान सकिने स्थिति नरहेको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार लगातार डायलोसिस पनि गरिएको छ । अरु बेला सातामा एक पटक जस्तो डायलासिस गरे पनि हुनेमा एपेन्डिसाइटिसको अपरेशनपछि दैनिक रुपमा डायलोसिस गरिएको बताइन्छ । एपेन्डिसाइटिसको उपचार सकिएपछि मात्र नियमित डायलोसिस गर्ने कि प्रत्यारोपणमा जाने भन्ने थप छलफल हुने बताइएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीले मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे भनेर चासो राखेको समेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार