free website hit counter

प्रधानमन्त्री एक साता बढी अस्पतालमै रहने

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । सामान्य अवस्थाको मासिनलाई पनि एपेन्डिसाइटिसको अपरेशन गरिँदा ७–८ दिन अस्पताल बस्नु पर्ने हुन्छ । मृगौलाको नियमित डायलोसिस गराइरहेका प्रधानमन्त्रीलाई पनि ७/८ दिन अस्पतालै निगरानीमा राखिने बताइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा आईसीयुमै राखेर उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आए पनि संक्रमण हुनसक्ने डरका कारण अस्पतालमै राख्न लागिएको हो ।

त्यसमाथि मृगौलाको समस्याले गर्दा पनि छिटै अस्पतलाबाट फिर्ता लान सकिने स्थिति नरहेको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार लगातार डायलोसिस पनि गरिएको छ । अरु बेला सातामा एक पटक जस्तो डायलासिस गरे पनि हुनेमा एपेन्डिसाइटिसको अपरेशनपछि दैनिक रुपमा डायलोसिस गरिएको बताइन्छ । एपेन्डिसाइटिसको उपचार सकिएपछि मात्र नियमित डायलोसिस गर्ने कि प्रत्यारोपणमा जाने भन्ने थप छलफल हुने बताइएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीले मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे भनेर चासो राखेको समेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार