काठमाडौं । चिकित्सकहरुले तत्काल मृगौला प्रत्यारोपणको सुझाव दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक माहौल मिलाएर मात्रै उपचारमा लाग्ने तयारीमा छन् । पार्टीको नेतृत्व सम्हाल्ने जिम्मा अर्का अध्यक्षलाई दिएर सरकारको जिम्मेवारी काँधमा लिएका प्रधानमन्त्री ओलीले सचिवालयको परिवर्तपछि मन्त्रिमण्डलमा समेत परिवर्तन गरिसकेका छन् ।
अबको केही समयपछि सरकारको जिम्मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको काँधमा सुम्पिएर प्रधानमन्त्री ओली उपचारका लागि अमेरिका उड्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री केपी ओलीको आइतबार मिर्गौलाको डायलोसिस भएको छ। प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल धापासीमा डायलोसिस भएको हो।
डायलासिस सकेर प्रधानमन्त्री ओली आइतबार राति नै बालुवाटार फर्किएका छन्। गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए। अस्पतालमै दुई पटक डायलोसिस भएको थियो भने त्यसपछि पनि दुई पटक डायलासिस भएको छ।