free website hit counter

प्रबन्धपत्र संशोधन गर्दै आईएमई जनरल लाभांश पारित

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांशको घोषणा पारित गरेको छ । कम्पनीको साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । कम्पनीको फागुन २४ गते सम्पन्न बाइसौँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो । साधारण सभाले शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  यस्तै आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा, सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको१ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार